PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दुई दिने सीएम बने यदियुरप्पा, फेल खायो मोदी र भाजपाको चाणक्य नीति



पहिलोपोस्ट

दुई दिने सीएम बने यदियुरप्पा, फेल खायो मोदी र भाजपाको चाणक्य नीति
फोटो : ANI

विश्वासको मत लिनका लागि तोकिएकै समयमा भारतीय जनता पार्टीबाट कर्नाटकको मुख्यमन्त्री बनेका यदियुरप्पाले राजीनामा दिएका छन्।

मुख्यमन्त्री बनेको दुई दिनपछि यदियुरप्पाले राजीनामा दिएका हुन्। अब भारतीय कांग्रेस र जनता दलको संयुक्त सरकार बन्ने बाटो खुलेको छ। 

भारतीय समयअनुसार आज दिउँसो चार बजेसम्ममा उनले विश्वासको मत लिइसक्नुपर्ने थियो। तर, त्यही समयमा उनले राजीनामाको वक्तव्य दिए। विश्वासको मतका लागि फ्लोर टेस्ट पूर्व नै कर्नाटकको २ सय २२ सिटमा भएको चुनावमा १ सय ४ सिट जित्दा पनि उनले राजीनामा दिनुपर्‍यो। 

चुनावमा भारतीय कांग्रेसले ७८ र जनता दलले ३८ सिट हात पारेका थिए। निर्वाचन सम्पन्न हुनसाथ येदियुरप्पाले मुख्यमन्त्रीमा शपथ लिएपछि कांग्रेस र जनता दलले विरोध गरेको थियो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नियुक्त गरेका राजपालले बहुमत नल्याए पनि बीजेपीलाई सरकार बनाउन आह्वान गरेका थिए। त्यसपछि यदियुरप्पाले शपथ लिएका थिए। तर, दोस्रो र तेस्रो दल मिलेर भाजपाको रणनीतिविरुद्ध अदालत पुगे। अदालतले आज ४ बजेसम्ममा विश्वासको मत पुष्टि गर्न समय दिएको थियो। त्यसबीचमा भाजपाले कांग्रेस र जनता दलका सांसदलाई ‘किन्न’ खोजेको आरोप लाग्यो। आज बिहानसम्म पनि भाजपाले बहुमत पुर्‍याउने दाबी गरेको थियो। तर, भाजपाको कुटनीति जसलाई चाणक्य शैलीका रुपमा पनि व्यख्या हुन्छ, फेल खायो। भाजपा अध्यक्ष अमित साह र मोदी दुवै कर्नाटकमा जित हासिल गर्दागर्दै पनि हार बेहोर्न वाध्य भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell