PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रम ओलीलाई गगन थापाको सुझाव : अह‌ंकार त्याग्नुस, अहंकारले भरिएको यात्रा लामो समय टिक्दैन



चन्द्रकान्त खनाल

प्रम ओलीलाई गगन थापाको सुझाव : अह‌ंकार त्याग्नुस, अहंकारले भरिएको यात्रा लामो समय टिक्दैन

रुपन्देहीः प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको अहंकार त्याग्न आग्रह गरे। नेपाली कांग्रेस सैनामैनाको नगर सभालाई आज मुर्गियामा सम्बोधन गर्दै युवा नेता थापाले प्रधमन्त्री ओलीलाई दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सल्लाह दिए।

‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्नु राम्रो हो मिलेर जानुस राम्रो काम गर्नुस शुभकामना छ। तर अहंकारले भरिएको यात्रा लामो समय टिक्न सक्दैन। इतिहासले त्यही देखाउँछ,’ थापाले भने।

थापाले राणा, राजा र माओवादीको बन्दुकसँग लडेको काँग्रेस एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पाटी बन्दा नआत्तिने बताए। काग्रेस युवा नेता थापाले संबिधान सभाबाट बनेको संबिधानको सफल कार्यान्वयन आफनो पार्टीको अहिलेको पहिलो प्राथमिकता रहेको पनि समेत बताए।

आफनै पार्टीको नेतृत्वमा जारी भएको संबिधानको सफल कार्यान्वयन पार्टीको पहिलो प्राथमिकता रहेको र संबिधान कार्यान्वयन सहित जनताको पक्षमा सरकारले गर्ने सबै निणर्यमा सहयोगि बन्ने थापाले बताए।  थापाले तत्काल महासमिति बैठक बसेर पार्टीका तल्लो तहसम्म पुर्नसंरचना गर्नुपर्ने उल्लेख गरे।

उनले आगामी निर्वाचनसम्ममा कांग्रेसले १५ लाख मतदाता बढाउनुपर्ने बताउदै आफुले यो बिचमा ५० हजार मतदातालाई कांग्रेस बनाउने दाबी गरे।

कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा कांग्रेसका नेता दुर्गाप्रसाद उपाध्यायले नेकपा एमाले र माओवादी केन्द्र मिलेर ठूलो पार्टी वनेको दावी गरेपनि जनताको विश्वास जित्न नसक्ने दाबी गरे।

प्रदेश नं. ५ का प्रदेश सभा सदस्य फकरुद्दिन खाँले कम्युनिष्टहरुमा चुनाववाट सत्ता प्राप्त गरेकोमा दम्भ पलाएको भन्दै त्यस्तो दम्भ धेरै समय नटिक्ने उल्लेख गरे।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेपाली कांग्रेसका वुटवल उपमहानगर सभापति खेलराज पाण्डे, बिष्णु पोखरल, रामबली चौधरी लगायतले बोल्दै कांग्रेसलाई बलियो शक्तिको रुपमा स्थापित गर्न अव संगठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

नेपाली कांग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारीको उपस्थितिमा भएको कार्यक्रममा प्रजातन्त्र ल्याउन योगदान दिने प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको थियो भने केही हप्ता अघि जापानमा भएको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सैनामैनाका खेलाडीहरुलाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell