PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ला लिगामा तेस्रो भयो रियल मड्रिड



पहिलोपोस्ट

ला लिगामा तेस्रो भयो रियल मड्रिड

साविक विजेता रियल मड्रिडले यस सिजन स्पानिस ला लिगामा तेस्रो स्थान हात पारेको छ। लिगको अन्तल खेलमा भियारियलसँग २-२ गोलको बराबरीमा रिकएपछि रियलले अंक तालिकामा तेस्रो स्थानमा रहँदै लिग टुङ्गाएको हो।

भियारियालको मैदानमा २ गोलको अग्रता लिए पनि त्यसलाई दोस्रो हाफमा कायम राख्न नसक्दा रियल अंक बाँड्न बाध्य भयो। ११औं मिनेटमा गारेथ बेल र ३२औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पहिलो हाफमै २ गोलको अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा घरेलु टोली भियारियालले पुनरागमन गर्दै दुई गोल गर्‍यो। भियारियालका लागि १ अंक दिलाउन ७०औं मिनेटमा रोजर मार्टिनेज र ८५औं मिनेटमा सामु कास्टेलोले गोल गरे।

सिजनको अन्तिम लिग खेलपछि मड्रिडले ३८ खेलबाट ७६ अंक जोडेको हो। यस खेल जितेको भए रियलले दोस्रो स्थानको एथ्लेटिकोसँग अंक बराबरी गर्ने थियो र एट्लेटिको मड्रिडको अन्तिम खेलको नतिजापछि दोस्रो स्थानको छिनाफानो हुने थियो। तर अब एट्लेटिको एक खेलअघि नै दोस्रो हुने पक्का भएको छ।

३७ खेलबाट ९० अंक जोडेको बार्सिलोना यसअघि नै च्याम्पियन भइसकेको छ। यस्तै ३७ खेलबाटै ७० अंक जोडेको भ्यालेन्सिया चौथो हुने पक्का छ। यी चार टोली अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट भइसकेका छनु।

३८ खेलपछि ६१ अंक जोडेको भियारियल भने पाँचौं स्थानमा रहदै युरोपा लिगको लागि छनोट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell