PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१२ लाख भारतीय रकमसहित पक्राउ



१२ लाख भारतीय रकमसहित पक्राउ

काठमाडौं: स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

बारा जितपुर सिमरा उपमहानगरपालिका-८ नगनारायण महतो कोईरीलाई भारतीय रूपैयाँ ५ सय र २ हजार दरका गरी १२ लाख ७ हजार ५ सय सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

वीरगंजको रजत जयन्ती चोकमा खटिएको प्रहरी टोलीले कोईरी सवार ना.४ प १७७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम  फेला परेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell