PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

निर्वाचन आयोगप्रति नेकपाको आपत्ती



पहिलोपोस्ट

निर्वाचन आयोगप्रति नेकपाको आपत्ती

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नाममा अर्को पार्टी (नेपाल कम्युनिस्ट पार्टी) निर्वाचन आयोगमा दर्ता भएको समाचारप्रति आपत्ती जनाएको छ।

आज पार्टी अध्यक्ष ऋषिराम कट्टेलले विज्ञप्ति जारी गर्दै सञ्चार जगतले तथ्य समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ।

नेकपाको पार्टी दर्ता भई निर्वाचन आयोगले घन - कोदालो चिन्हसमेत प्रदान गरिसकेको अवस्थामा कुरै नबुझी सत्ताको दलाली शैलीमा सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्नु दुखद् पक्ष भएको विज्ञप्तिमा उल्लेख छ।

सत्तासीन दलले कानुन मिचेर आफ्नो दलको नाममा अर्को दल दर्ता गरे संवैधानिक दायरामा रहेर संघर्ष गर्ने नेकपाले चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell