PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइपीएल : सन्दीप लगातार तेस्रो खेल खेल्दै, रोहित शर्माको मुम्बई विरुद्ध बलिङ गर्ने



पहिलोपोस्ट

आइपीएल : सन्दीप लगातार तेस्रो खेल खेल्दै, रोहित शर्माको मुम्बई विरुद्ध बलिङ गर्ने

काठमाडौँ : अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले यस सिजन आइपीएलमा लगातार तेस्रो खेल खेल्ने अवसर पाएका छन्।

लिग चरण अन्तर्गत मुम्बई विरुद्धको अन्तिम लिग खेलका लागि दिल्ली डेयरडेभिल्सले सन्दीपलाई टिममा यथावत राखेको हो। पछिल्लो खेलमा ३ विदेशी खेलाडी मात्र खेलाएको दिल्लीले मुम्बई विरुद्ध खेल्द आभेष खानको स्थानमा अर्को विदेशी खेलाडी लियम प्लनकटलाई टिममा राखेको छ।

११ खेल बेन्चमा बसेर हेरेका सन्दीपले १२औँ खेलमा विराट कोहलीको बैंगलोर विरुद्ध पहिलो खेल खेल्ने अवसर पाए। जहाँ उनले पार्थिव पटेललाई आउट गर्दै आइपीएलमा पहिलो विकेट लिए।

दोस्रो खेलमा सन्दीपले चेन्नाई विरुद्ध खेल्दै ससुशेन रैनाको विकेट लिए।

लगातार दुई खेलमा उत्कृष्ट बलिङ गरेपछि सन्दीप भारतीय मिडियामा चर्चाको विषय बनेका छन्।

प्लेअफमा स्थान बनाउन मुम्बईका लागि दिल्ली विरुद्धको खेल जित्नैपर्ने बाध्यता छ। पराजित भए साविक विजेता मुम्बई प्लेअफ पुग्न असफल हुनेछ। यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्ली अन्तिम खेलमा सुखद नतिजा निकाल्ने दाउमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell