PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस जिल्ला सभापतिहरुको भेला असार ५ बाट हेटौंडामा



पहिलोपोस्ट

कांग्रेस जिल्ला सभापतिहरुको भेला असार ५ बाट हेटौंडामा

काठमाडौं: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आउँदो असार ५ देखि मकवानपुरको हेटौंडामा शुरु हुने भएको छ। 

बैठक ७ गतेसम्म चल्ने कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।

का‌ंग्रेस केन्द्रीय समितिले वैशाख १६ गते जिल्ला सभापतिहरुको भेला जेठको अन्तिम साता गर्ने निर्णय गरेको थियो। शुक्रबार बसेको पदाधिकारीको वैठकले जेठ २४, २५ र २६ का लागि भेलाको मिति प्रस्ताव गरिएको थियो।

लामो समयदेखि असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाले सभापतिहरुको भेला गर्न नसकेको भन्दै विरोध गर्दै आएका थिए।

भेलामा समसमायिक राजनीतिक विषयमा चर्चा हुने कांग्रेसले भनिएपनि मुल एजेन्डा भने तय हुन सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell