PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश ७ को कांग्रेस संसदीय दलमा डा रावल सर्वसम्मत



पासाङ ठकुल्ला

प्रदेश ७ को कांग्रेस संसदीय दलमा डा रावल सर्वसम्मत

धनगढीः नेपाली कांग्रेसले प्रदेश ७ को संसदीय दलको नेतामा डा रणबहादुर रावललाई चयन गरेको छ। आइतबार बसेको कांग्रेसको  बैठकले सर्वसहमतिमा उनलाई चयन गरेको हो। रावल कैलाली क्षेत्र नम्बर १ को ख बाट निर्वाचित भएका हुन्।

संसदीय दलको नेताका लागि रावल, कर्ण मल्ल र भरत खड्काले दावी गर्दै आएका थिए। 

संसदीय दलको नेता चयनको लागि तीन दिनबाट वैठक जारी थियो।

दलको नेतामा सर्वसम्मत चयनपछि रावलले प्रदेशको विकासका लागि सत्तासक्षलाई सघाउने प्रतिक्रिया दिएका छन्। 

जनताको अहित हुने, विकासमा बाधा पुर्याउने र प्रतिपक्षलाई पेलेर सरकार चलाउन खोजिएमा त्यसको कडा प्रतिवाद गर्छौ,’ रावलले भने।
प्रदेश ७ मा नेपाली कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी १२ सांसद छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell