PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विद्यालय स्तरीय छात्रा भलिबल : न्यू डायमण्ड र पारामाउण्ट उपाधि नजिक



पहिलोपोस्ट

काठमाण्डौं : प्रथम चन्द्रागिरी उपमेयर कप विद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्यू डायमण्ड एकेडेमी र पारामाउण्ट ई.स्कुल ऐड्ने भएका छन्।

आईतवार वेष्ट अफ फाईभको आधारमा भएको सेमिफाईनलमा न्यू डायमण्डले थ्री स्टार एकेडेमीलाई २५–१०,२५–१८, २५–१३ को सेटमा हराउँदै उपाधि नजिक पुग्यो। अर्को सेमिफाईनलमा पारामाउण्ट ई. स्कुलले बिजेश्वरी ज्ञानमन्दिरलाई २५–९,२५–२१, २५–१३ को सेटमा पराजित गर्‍यो।

मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिद्धारा आयोजित प्रतियोगिता जेष्ठ ८ गतेसम्म संचालन हुने छ। प्रतियोगिताको विजेताले ४५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश २५ हजार, १५ हजारनगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुनेले १० हजार रुपैया प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ बेष्टस्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट डिफेन्डर र बेष्ट सेटरलाई नगदसहित आर्कषक ट्रफी प्रधान गरिने छ। 

प्रतियोगिताको समापनका अवसरमा ‘भलिबल दिवस सेलिब्रेसन’ गर्ने क्रममा विभागीय टोली सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र शिवम् न्यू डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुने समेत हुनेछ। जसको विजेताले १० हजार रुपैया र उवविजेताले ७ हजार रुपैया प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell