PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली तेक्वान्दो टोली भियतनाम जाने



पहिलोपोस्ट

नेपाली तेक्वान्दो टोली भियतनाम जाने

काठमाडौँ : भियतनामको होची मिन्हमा हुने २३औं एसियाली तेक्वान्दो, पाँचौ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच बिदाइ गरे।

२३औं संस्करणको एसियाली तेक्वान्दोमा पुरुष ५४ केजीमुनि मनोज मल्ल र ७४ केजीमुनि दुर्गाबहादुर थापा तथा महिला ४९ केजीमुनि कल्पना चौधरी र ५७ केजीमुनि सीता तामाङले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै व्यक्तिगत पुम्सेको ३० वर्षमुनि पुरुषमा कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले सहभागिता जनाउनेछन्।

चौथो एसियाली पारा तेक्वान्दोतर्फ पुरुष ५८ केजीमुनि गोविन्द थापा र ६१ केजीमुनि रामबहादुर अधिकारी तथा महिला ५८ केजीमुनि सीता भण्डारी र ५८ केजीमाथि पलेशा गोवर्धनले भाग लिने छन्।

प्रशिक्षकमा टार्जन सुब्बा र प्रकाशमान राजभण्डारी तथा निर्णायकमा नवीनकुमार श्रेष्ठ रहेका छन्। पारा खेलाडी, २ प्रशिक्षक र निर्णायक आइतबारै भियतनाम प्रस्थान गरिसकेका छन्। बाँकी टोली जेठ ८ र ९ गते जाने कार्यक्रम रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ। प्रतियोगिता जेठ १० देखि १४ गतेसम्म हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell