PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइपीएल : मुम्बई र पञ्जाव हारेपछि राजस्थान प्लेअफमा



पहिलोपोस्ट

आइपीएल : मुम्बई र पञ्जाव हारेपछि राजस्थान प्लेअफमा

इन्डियन प्रिमियर लिग (आइपीए)को ११औँ संस्करणको अन्तिम दिन दुई लिग खेल भए। राजस्थान रोएल्सले यसअघि नै आफ्नो १४ लिग खेल खेलिसकेको थियो। तैपिन राजस्थानको प्लेअफमा स्थान सुरक्षित थिएन।

त्यसका लागि अन्तिम दुई लिग खेलमा मुम्बई इन्डियन्स र किंग्स एलेभेन पञ्जाव पराजित हुनुपर्ने थियो। र अन्त्यमा त्यस्तै भयो पनि। साविक विजेता मुम्बई दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भयो भने चेन्नाई सुपर किंग्सले पञ्जावलाई ४ विकेटले हरायो।

१५४ रनको लक्ष्य चेन्नाईले ओभरमा विकेट गुमाएर पुरा गर्‍यो।

यस नतिजासँगै प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो पनि लाग्यो। राजस्थान अंक तालिकामा चौथो स्थानमा रहदै प्लेअफमा पुग्यो। पञ्जावलाई हराएको चेन्नाई १४ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा यथावत रह्यो। १४ खेलबाट १८ अंक नै जोडेको हैदरावाद रनरेटमा अगाडी रहदै शीर्ष स्थानमा रहन फल भयो। १४ खेलबाट १६ अंक जोडेको कोलकता नाइट राइडर्स तेस्रो भयो।

अब मंगलवार पहिलो क्वालिफायरमा हैदारावादले चेन्नाईसँग खेल्नेछ। त्यसको विजेता फाइनल पुग्नेछ। यस्तै कोलकता र राजस्थानले बुधवार इलिमिनेटर खेल्नेछ। यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ। पराजित टोली बाहिरिनेछ।

लुंगी एनगिदीको उत्कृष्ट बलिङ

ललंगी एनगिदीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाव २ बल अगावै १५३ रनमा अलआउट भयो। पञुजावका लागि करुण नायरले सर्वाधिक ५४ रन बनाए। मनोज तिवारीले ३५ तथा डेविड मिलरले २४ रन जोडे।

पञुजावलाई अलआउट गर्न चेन्नाईका एनगिदीले ४ ओभरमा १ मेडन राख्दै मात्र १० रन खर्चेर ४ विकेट लिए। सार्दुल ठाकुर र ड्वाने ब्रमऐवले २-२ विकेट लिए।

१५४ रनको लक्ष्य पुरा गर्ने क्रममा चेन्नाईका लागि सुरेश रैनाले नटआउट रहदै सर्वाधिक ६१ रन बनाए। ४८ बल खेलेका रैनाले ४ चौका र २ छक्का प्रहार गरे।

कप्तान महेन्द्र सिंह धोनी, ब्राभो र जडेजा भन्दा अगाडी ब्याटिङ गरेका बलर दिपक चाहरले २० बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ३९ रनको योगदान गरे। कप्तान धोनी १६ रनमा नटआउट रहे। पञ्जावका अंकित राजपुत र रविचन्द्रन आश्विनले २-२ विकेट लिए।

सुरुवाती चरणमा राम्रो प्रदर्शन गरेको पञ्जावले पछिल्लो चरणमा भने लगातार ५ खेलमा हार बेहोर्दा प्लेअफमा पुग्न असफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell