PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ट्रम्पसँग नखेल्न किम जोङलार्इ अमेरिकी उपराष्ट्रपतिको चेतावनी



ट्रम्पसँग नखेल्न किम जोङलार्इ अमेरिकी उपराष्ट्रपतिको चेतावनी
फोटो: बिबिसि

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालो नेता किम जोङ उनलार्इ अर्को महिना राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्दा उनीसँग नखेल्न चेतावनी दिएका छन्।

जुन १२ मा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिखर बैठक तय भएको छ।
 
फक्स न्युजलार्इ अन्तरवार्ता दिदै पेन्सले यदि उत्तरले ट्रम्पसँग खेल्ने कोसिस गरे त्यो उत्तर कोरियाको ठूलो गल्ती हुने भनेको बिबिसिले जनाएको छ। साथै उनले राष्ट्रपति ट्रम्प जुन १२ मा तय भएको एतिहासिक भेटवार्ताबाट पछि नहट्ने पनि स्पष्ट पारे।

अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासबाट आक्रोशित हुँदै उत्तर कोरियाले मे १६मा दक्षिण कोरियासँग तय भएको उच्चस्तरीय वार्ता रद्द गरेको थियो। उत्तरले उक्त उच्चस्तरीय वार्ताको भविष्यबारे  पनि सचेत रहन अमेरिकालाई चेतावनी पनि दिएको  थियो। 

साथै अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जान बोल्टनले उत्तर कोरियाका लागि लिबिया मोडल पछ्याउने भन्दै दिएको  टिप्पणीले पनि उत्तर कोरियाले उक्त बैठकबाट बाहिरिने धम्की दिएको थियो। 

दक्षिण कोरियका राष्ट्रपति मुन जाई र अमेरिकी राष्ट्रपति ट्रम्पबीच शिखर बैठकको योजनाबारे मंगलवार वाशिङ्टनमा वार्ता गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell