PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै



पहिलोपोस्ट

विराटनगरको कारागरमा नअट्ने भएपछि सुन काण्डका २८ जनालाई झुम्का लगिँदै, गोरेलाई राखियो बेग्लै

विराटनगर : जिल्ला अदालत मोरङले ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्यामा पूर्पक्षका लागि जेल चलान गरिएका २८ अभियुक्तलाई क्षेत्रीय कारागार झुम्का लगिने भएको छ।

अदालतले एसएसपी दिवेश लोहनीसहित २८ जनालाई मंगलवार पुर्पक्षको लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो। तर, कारागारमा ठाउँ नभएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लैजान लागिएको हो। अदालतबाट स्वकृति लिएर मात्र अर्को कारागार लैजाने कानुनी व्यवस्था छ।

मोरङ कारागारमा ठाउँ नहुँदा २८ जनालाई अहिलसम्म जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा नै राखिएको छ। अदालतबाट आदेश आएपछिमात्र झुम्का लगिने छ।
 
पूर्पक्षका लागि थुनामा पठाइएका एसएसपी दिवेश लोहनी, पूर्वडिआइजी गोविन्द निरौला लगायत २८ जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय मोरङमा नै राखियो।

गोरेलाई भने छुट्टै राखियो

सुन प्रकरणमा मंगलवार पक्राउ परेका चुडामणि उप्रेती उर्फ गोरेलाई बुधवार बयानका लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ। मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ गरी मंगलवार दिउँसो नै विराटनगर पुर्याइएका गोरेलाई भने वडा प्रहरी कार्यालय पोखरीयामा राखिएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell