PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

करोडपति अर्थमन्त्री : बैंक व्यालेन्स डेढ करोड बढी, दुई वटा घर, ठाँउठाँउमा जग्गा



पहिलोपोस्ट

करोडपति अर्थमन्त्री : बैंक व्यालेन्स डेढ करोड बढी, दुई वटा घर, ठाँउठाँउमा जग्गा

काठमाडौं : अर्थमन्त्री युवराज खतिवडा केपी ओली नेतृत्वको सरकारका धनी मन्त्रीमध्ये एक हुन्। उनले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ८ वटा बैंक तथा वित्तीय संस्थामा गरी ७२ लाख ३३ हजार रुपैयाँ छ। त्यसबाहेक दुई वटा बैंकमा युवराज खतिवडाको नाममा रहेको डलर एकाउन्टमा ६२ हजार ७०३ डलर (६७ लाख ६३ हजार रुपैयाँ बराबर) व्यालेन्स रहेको छ।  

बुधवार सार्वजनिक भएको सम्पत्ति विवरणमा अर्थमन्त्री खतिवडाकी पत्नी कमला खतिवडाको नाममा २१ लाख १६ हजार रुपैयाँ बैंक व्यालेन्स रहेको उल्लेख छ। 

त्यस्तै खतिवडासँग नगद १ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ। 

त्यस्तै उनको नाममा काठमाडौं- ४ मा २ वटा घर छ। खतिवडाको नाममा रहेको घर पाँच आनामा बनेको र श्रीमतीको नाममा रहेको घर १४ आनामा बनेको उल्लेख छ। घर बनाउनका लागि राष्ट्र बैंकबाट सापटी लिएको र राष्ट्र संघको सेवा बाट प्राप्त आयाबाट खरिद गरेको उल्लेख छ। 
खतिवडा र उनकी श्रीमतीको नाममा विभिन्न स्थानमा जग्गा रहेको उल्लेख छ। जसमध्ये दुवैको नाममा भक्तपुर चाँगुनारायणमा १२–१२ आना जग्गा छ। 

त्यस्तै खतिवडाको नाममा झापामा पनि जग्गा रहेको छ। त्यस्तै श्रीमतीको नाममा झापाको गौरादहमा पनि जग्गा छ। दोलखाको जिरीमा ९ हजार ७७५ वर्गफिट र काठमाडौँ कागेश्वरीमा ४ रोपनी एक आना जग्गा रहेको खतिवडाले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ। 
त्यस्तै उनीसँग १० तोला सुन र एक किलो चाँदी समेत रहेको उल्लेख गरेका छन्। 

खतिवडाको नाममा सवल सहकारीमा पाँच लाख बराबरको ५ हजार कित्ता संस्थापक सेयर र श्रीमतीको नाममा दुर्गा भवानी सहकारीमा ५ हजार बराबरको पचास कित्ता सेयर रहेको उल्लेख छ। 

त्यस्तै उनले विभिन्न व्यक्तिलाई २४ लाख ऋण दिएका छन्। 

खतिवडासँग ९ लाख ६० हजारको कार, ८० हजार पर्ने रंगीन टेलिभिजन र ६५ हजार र ८५ हजार पर्ने दुई वटा मोबाइल समेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell