PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पप्पु कन्स्ट्रक्सनको ७२ मिटर पुलमा यस्तो प्रगति, ६ वर्षमा ३५ प्रतिशत पूरा!



राधेश्याम पटेल

पप्पु कन्स्ट्रक्सनको ७२ मिटर पुलमा यस्तो प्रगति, ६ वर्षमा ३५ प्रतिशत पूरा!

वीरगंज : पप्पु कन्स्ट्रक्सनले पर्साको तिलावे खोला पुल निर्माणमा लापरवाही गरेको भेटिएको छ।

थरूवट सडक अन्तर्गत तिलावे नदीमा ७२ मिटर लम्बाइको उक्त पुलको ६ वर्षमा ३५ प्रतिशत काम मात्र भएको सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर आशुतोष कर्णले बताए। पर्सागढी नगरपालिका वडा नं ९ एकटागामा रहेको पुल निर्माण रोकिएको छ। तीन स्पानको पुलको लागि २०६८ साउन २७ गते ठेकेदार कम्पनी र सडक डिभिजनबीच सम्झौता भएको थियो।

२०७० साउन २६ गतेभित्र काम सक्नुपर्ने अन्तिम म्याद भएपनि ४ वर्ष बितिसक्दा पनि पुलको काम अघि बढ्न सकेको छैन। विभागले निर्माण कम्पनीलार्इ किन कारवाही नगर्ने भन्दै सूचना निकालिसकेको उनले बताए। उनका अनुसार पप्पुबाट चित्तबुझ्दो जवाफ नआए कारवाही गरिनेछ। स्थानीय तहको चुनावपछि कम्पनीले केही काम गरे पनि फेरि ठप्प भएको कर्णले बताए।

ठेक्का सम्झौता रकम २ करोड १४ लाख २५ हजार (भ्याटसहित)मा हालसम्म २२ प्रतिशत भुक्तानी भइसकेको छ। कम्पनीले भने स्थानीयको विवाद, निर्माण सामाग्री अभाव र स्ल्याब भासिएको दाबी गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell