PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कर्नाटकमा दोस्रो पटक कुमारास्वामी, भाजपा विरोधी नेताको जमघट



पहिलोपोस्ट

कर्नाटकमा दोस्रो पटक कुमारास्वामी, भाजपा विरोधी नेताको जमघट
Photo: ABPNews

नयाँ दिल्ली : कर्नाटकको मुख्यमन्त्रीको रूपमा जनता दल सेकुलर (जेडीएस)का नेता एचडी कुमारस्वामीले शपथ लिएका छन्। कर्नाटकमा गत मे १२ मा भएको निर्वाचनमा ३८ सिटसहित तेस्रो दल बनेको जेडीएसका नेता कुमारास्वामी दोस्रो दल कंग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

यसअघि भारतीय जनता पार्टीका तर्फबाट येदुइरप्पाले मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए। उनको शपथ रोक्न कंग्रेस सर्वोच्च अदालतमा पुगेपछि अदालतले उनलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। 

गत शनिवार बसेको विधानसभाको पहिलो बैठकमा उनले राजीनामा दिएका थिए। योसँगै कुमारास्वामी मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन्। 

एचडी कुमारास्वामी कर्नाटकको मुख्यमन्त्रीको रूपमा दोस्रोपटक शपथ लिएका हुन्। पूर्वप्रधानमन्त्री एचडी देवगौँडाका छोरा समेत रहेका उनी सन् २००८ मा भाजपाको समर्थनमा मुख्यमन्त्री भएका थिए। 

उनको सपथग्रहण समारोहमा भाजपा र प्रधानमन्त्री विरोधी दलका नेताहरूको उपस्थिति थियो। समारोहमा कंग्रेस अध्यक्ष राहुल गान्धी, सोनिया गान्धी, समाजवादी पार्टीका नेता अखिलेश यादव, बहुजन समाजवादीकी प्रमुख मायावती समेत एउटै मञ्चमा उपस्थित भएका थिए। 
मञ्च २०१९ मा हुने आम निर्वाचनमा भाजपा विरोधी दलहरूको गठबन्धन यहाँ देखिएको हो। समारोहमा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसमेत सहभागी थिए। 

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवाल, भारतीय कम्युनिस्ट पार्टीका अध्यक्ष सिताराम यचुरी, लालु यादवका छोरा तेजश्वी यादवसहित पिनराई विजयन, अजित सिंह, शरद यादव, डी राजासहितका भाजपा विरोधी नेताहरूको शपथ ग्रहण समारोहमा उपस्थिति थियो। 

त्यस्तै कर्नाटकको उपमुख्यमन्त्रीको रूपमा कंग्रेस नेता जी परमेश्वराले शपथ लिएका हुन्। पाँचौँ पटक विधेयकको रूपमा निर्वाचित उनी विद्यावारिधि लिएका र कुनै आपराधिक मुद्दा नलागेका नेता हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell