PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


डडेल्धुरामा चट्याङबाट १३ जना घाइते, दुईको अवस्था गम्भीर


पहिलोपोस्ट

डडेल्धुरामा चट्याङबाट १३ जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुराः डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन्।

बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ।

पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन्। चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

त्यस्तै, पर्शुराम नगरपालिका–७ का घाइते हुनेमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।

घाइते हुनेमध्ये बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको जोगबुढा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अन्यको अवस्था सामान्य रहेको छ। रासस



डडेल्धुरामा चट्याङबाट १३ जना घाइते, दुईको अवस्था गम्भीर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट