PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


बैतडीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चारजना घाइते


पहिलोपोस्ट

बैतडीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चारजना घाइते

बैतडीः बैतडीमा आज बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ। दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नंको एम्बुलेन्स आज बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो। एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ।

घाइते सबैको प्रहरीले उद्धार गरेको थियो। घाइतेहरु चारै जनाको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए। एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन। रासस



बैतडीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, चारजना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट