PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

गीतकार कालीप्रसाद रिजाल सम्मानित हुँदै  


पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौं: गीतकार संघ नेपालले यो वर्षको ‘राष्ट्रिय स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमको छैटौं संस्करणमा ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘वर्ष गीत पुरस्कार’, ‘वर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ प्रदान गर्ने संस्थाले बताएको छ।

यसबर्ष संघले अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ अन्तर्गत गीतकार श्री कालीप्रसाद रिजाललाई नगद १ लाख १ रुपैंया सम्मान गर्ने निर्णय भएको गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए। उनका अनुसार संस्थामा आबद्ध सदस्यहस्ले २०७४ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा वर्ष गीत प्रायोजनका लागि हाललाई उत्कृष्ट १० गीतहरु पनि छानेको छ। छानीएका उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट गीतलाई छैठौँ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरी रु ५१ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बताइयो।

यस्तै छनौट समितिको सिफारिसमा विदेशमा बसी नेपाली गीत लेखनमा सक्रिय रहदै आएका गीतकारहरु मध्येबाट अमेरिका बस्ने गीतकार राखी गौचनलाई ‘डायस्पोरा गीतकार सम्मान –२०७४’ बाट रु ११ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै बर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष जानुका राईको ‘आमा २’, पूर्ण बहादुर साउद ‘शिरीष’को ‘गजलको धुन–३’ र सुमन श्रापितको ‘भावनाको खेती’ छनोट गरेको छ। यी मध्ये विज्ञ समितिबाट एक पुस्तकलाई रु ५१ ह्जार नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ। यसवर्ष करिब सय गीत र ११ पुस्तकहरु प्रतिस्पर्धामा आएको बताइएको छ। सम्मान कार्यक्रम यसै महिनाभित्र आयोजना गरिने बताइएको छ।



गीतकार कालीप्रसाद रिजाल सम्मानित हुँदै   को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट