PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन दुख्छ ढाड? कसरी होला निको?



किन दुख्छ ढाड? कसरी होला निको?
फोटो: boostphysiotherapy.com.au

  • डा राजु ढकाल-

सहन नसक्ने गरी ढाड दुख्छ। हात गोडा झमझमाउने हुन्छ। धेरै समय बसेपछि उठ्न गाह्रो हुन्छ। कम्मर  अत्याधिक दुख्छ। शरीरको एक पाटो निरन्तर दुखिरहन्छ। यी समस्या लिएर अस्पताल पूग्ने मानिस दिनहुँ बढ्दैछन्। कसैले यसलाई 'ब्याक पेन' भन्छन त कोही कम्मरको  दुखाई। समग्रमा भन्दा यो मेरुदण्डको दुखाई हो। 

चिकित्सकहरुका अनुसार हड्डीहरुको नसाको कारण यस्तो समस्या हुन्छ। मेरुदण्डमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूहमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनिन्छ। त्यही स्पाइनल कर्ड हड्डी दुखाइको प्रमुख कारण हो।

मेरुदण्डका करिव ७० प्रतिशत समस्या नशाकै कारणले हुन्छ। अझ पुरुषभन्दा महिला मेरुदण्डको दुखाइबाट पीडित छन। महिलाहरुको शारीरिक संरचनाका कारण मेरुदण्डमा धेरै समस्या हुन्छ।
 

कस्ता व्यक्ति हुन्छन पीडित


मेरुदण्डको कनेक्सन शारीरिक सक्रियतासँग जोडिएको हुन्छ। लामो समय उभिएर काम गर्नेहरुको मेरुदण्ड धेरै दुख्ने गर्छ। एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदारलाई मेरुदण्डको समस्या धेरै हुन्छ। मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा 'नेक पेन' र 'ब्याक पेन' भनिन्छ।

उमेर बढ्दै गएपछि ‘हाइपोट्रोफी’ रोग लाग्छ। रोगकै कारण हाड र मासु बढ्न थाल्छ। र मेरुदण्डमा परिवर्तन देखा पर्छन्। मासु बढ्न थालेपछि नसा च्यापिन्छ। त्यसपछि हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या हुने दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुन थाल्छ। मेरुदण्डको अर्को समस्या नशा च्यातिनु हो। हातखुट्टा दुख्ने, झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस नशा च्यापिँदा हुन्छ। यी समग्र मेरुदण्डको समस्यालाई ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ।

मेरुदण्ड बिग्रदै गएपछि क्यान्सरसम्म हुन्छ जसलाई 'स्पाइन क्यान्सर' भनिन्छ। ५५ देखि ६० को उमेर समूहका यो क्यान्सरको सम्भावना ज्यादा हुन्छ। अत्यधिक दुखाउने क्यान्सर मध्ये एक हो मेरुदण्डको क्यान्सर। यसको उपचार महंगो उस्तै छ। किनकि, क्यान्सर पहिचानको लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ। 

एउटै एमआरआईका लागि १५/२० हजार रुपियाँ लाग्छ। नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ। ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छन।

मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो। यो धेरैको पहुँचमा हुँदैन। कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भएर उपचार गर्दा तीन÷चार लाख रुपियाँ सम्म लाग्छ। यति ठूलो रकम सबैले तिर्न सक्दैनन्। 

समस्या कसरी निम्तन्छ ?

विभिन्न दुर्घटनाले गर्दा स्पाइन इन्जुरीको समस्या धेरै छ। दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ। उपचार नपाए उनीहरु जीवनभर पीडित भएर बस्नुपर्छ।

प्राय मानिसहरु आफ्नो दैनिकीमा ध्यान दिदैनन्। बिहान उठ्नासाथ टिभी हेरेर घरमै बस्ने गर्छन्। शरीर निष्क्रय हुदाँ समेत ढाड दुख्ने समस्या हुन्छ। अफिस जादाँ  सवारी साधन प्रयोग गर्ने भएकाले शरीरले व्यायाम पाउदैन्। कुर्सीमा बसेर घण्टौ काम गर्नु पर्ने भएकाले कतिपय मानिसहरु पीडित हुन्छन्। ढाडको ‘पोस्चर’ नमिल्दा दुखाईको समस्या बढ्छ।

चुरोट तथा मद्यपानले मेरुदण्डमा असर गर्छ। अर्को समस्या आरामदायी जीवनशैली र दैनिकीको कारण पनि मानिसहरु ढाड दुख्ने समस्याबाट पीडित छन्। त्यसैले कम्तीमा एक घण्टा शारीरिक व्यायाम वा परिश्रम गर्नु अनिवार्य जस्तै हुन्छ।

उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या हुन्छ। अझ स्पाइन समबन्धि बिरामी अझै बढी सचेत हुन आवश्यक छ। अफिस जादाँ हिड्नु या भर्याङ चढ्दा पनि धेरै फाइदा हुन्छ। अफिसमा बस्दा ढाड ९० डिग्रीको पोजिसनमा राखेर काम गर्दा केही राहत मिल्छ। त्यस्तै आँखा र कम्प्युटरको सतह बराबर हुनुपर्छ। अझ समय समयमा कुर्सीबाट उठेर जिउ तन्काए पनि केही राहत मिल्न सक्छ।

सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ। सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ। त्यसले मेरुदण्डमा खिइने समस्या हुन्छ।

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ। मेरुदण्डको इन्फेक्सनले दुखाइसंगै ज्वरो पनि ल्याउँछ। अत्यधिक दुख्ने भएकाले दैनिक कार्यमा अवरोध हुन्छन्।
    

उपचार के त?


'सर्जिकल ब्याक पेन' र 'ननसर्जिकल ब्याकपेन' चिकित्सकिय भाषाका दुइ टर्म हुन। देखिएका ७० प्रतिशत समस्या 'ननसर्जिकल' हो। औषधि, फिजियोथेरापी र जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ। 

नेपालमा औँलामा गन्न सकिने मात्रै स्पाइन समबन्धी विशेषज्ञ छन्। स्पाइन सर्जरीमा निकै जटिल हुन्छ। स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम हुन्छ। यसमा प्लारालाइसिसलगायत समस्या पर्छन्। 

नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ। दुखाइका प्रकृती हेरेर त्यस समबन्धि विशेषज्ञकोमा गए अधिकाशं समस्या समाधान हुन्छ।

(स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र साँगा (काभ्रे)का मेडिकल डाइरेक्टर ढकालसंगको कुराकानीमा आधारित)
  

सम्बन्धित समाचार

ह्विलचेयरबाटै राजुको डाक्टरी दौड : बने नेपालकै पहिलो र एकमात्र फिजियाट्री विशेषज्ञ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell