PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रकाशन संस्था सांग्रीला बुक्स भारतबाट पनि



पहिलोपोस्ट

प्रकाशन संस्था सांग्रीला बुक्स भारतबाट पनि

काठमाडौं : एक दशकदेखि प्रकाशन क्षेत्रमा सक्रिय रहेको सांग्रीला बुक्स प्रालि भारतबाट पनि संचालनमा आउने भएको छ।  सांग्रीला बुक्स पब्लिकेसन्स – इन्डिया नाममा भारतबाट संचालनमा आउने सांग्रीलाले जनाएको छ।

‘सांग्रीला बुक्स पब्लिकेसन्स - इण्डिया’ नाममा प्रकाशन संस्था दर्ता भएको र हाललाई यसको प्रधान कार्यालय उत्तर बङ्गाल राज्यको सिलिगुडीमा छ। सांग्रीला बुक्स – इन्डियाले नेपाल र भारतमा रहेका नेपाली भाषी लेखक र पाठकको बीचमा पुलको काम गर्ने उद्देश्य लिएको बताइएको छ।

पब्लिकेसन्सले प्रधाननगरस्थित भानुभक्त समिति भवनमा रहेको कार्यालयमा बुक क्याफे समेत संचालन गर्दैछ जहाँ नेपाली भाषामा प्रकाशित पुस्तकहरु समेत उपलब्ध हुने र अंग्रेजी, हिन्दी एवं बङ्गाली साहित्यका पुस्तक समेत सांग्रिला बुक्स इन्डियाको सो-रुममा उपलब्ध हुने जनाएको छ। 

सांग्रीला बुक्स-इन्डियाले भारतमा रहेका नेपालीभाषी श्रष्टाका पुस्तक प्रकाशन गर्नुका साथै नेपाली साहित्यका कृतिहरुलाई अंग्रेजी, हिन्दी र बंगाली भाषामा समेत अनुवाद गर्ने र ती भाषाका उत्कृष्ट कृतिलाई नेपाली भाषामा अनुवाद गर्ने योजना बनाएको छ।

सांग्रीला बुक्स-इन्डियाको संचालकमा,  सांग्रिला बुक्स नेपालका तर्फबाट मणि शर्माका साथै भारतका चर्चित कवि-लेखक राजा पुनियानी र मनोज बोगटी रहेका छन्। पुनियानीले सांग्रीला बुक्स-इन्डियाको कार्यालय प्रमुख  र बोगटीले प्रकाशन प्रमुखको जिम्मेवारी बहन गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell