PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अब 'इसेवापसल', अनलाइन सपिङका लागि भाटभटेनी अनलाइन एक्वार



पहिलोपोस्ट

अब 'इसेवापसल', अनलाइन सपिङका लागि भाटभटेनी अनलाइन एक्वार

काठमाडौं : चर्चित अनलाइन सपिङ पोर्टल 'भाटभटेनीअनलाइनडटकम' लाई एफवानसफ्ट इन्टरनेसनल प्रालिले एक्वायर गरेको छ। सफट्वेयरको क्षेत्रमा ख्याती कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठूला आइटी कम्पनीमध्येको एक हो। 

विगत ६ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी अनलाइनडटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ एक्वायर गरिएको एफवान सफ्ट इन्टरनेसनलका अध्यक्ष विश्वास ढकालले बताए।

‘भाटभटेनीअनलाइनलाई डोमेन परिवर्तन गरेर हामी अब इसेवापसल डटकममा सञ्चालन गर्छौ,' उनले भने, 'त्यसमा हाम्रो प्राविधिक विज्ञतालाई प्रयोग गरेर अझ सरल र उत्कृष्ट बनाउँदै सबैको पहुँचमा पुर्‍याउँछौं।' 
 
ईसेवापसलडटकमका सिइओ मनिष श्रेष्ठले एफवान सफ्टसँगको सहकार्यले अब अनलाइन सपिङको क्षेत्रमा ठूलो फड्को मार्ने बताए। 
 
‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो। एफवानसफ्टसँगको सहकार्यले हामी यसलाई धेरै अगाडि बढाउनेछौं,' उनले भने, 'आउँदा वर्षहरुमा हामी नेपालमा अनलाइन सपिङको परिभाषा परिवर्तन गर्ने उद्देश्यले काम गर्नेछौं।' 
 
पसलमा इसेवालगायत नेपालका अधिकांश बैंकका मोबाइल बैंकिङ र इबैंकिङमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ। साथै इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था समेत गरिएको छ। इसेवापसल डटकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न किसिमका छुट र अफर पनि सार्वजनिक गरेको छ। साथै कम्पनीले अधिकत्तम २४ घण्टा भित्र नि:शुल्क डेलिभरी गर्ने जनाएको छ।
 
सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तीय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ। नेपाल सरकारले नोटको कारोबारलाई घटाएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिइरहका बेला एफवानसफ्टले पनि यस अभियानलाई टेवा पुग्ने सफ्टवेयर निर्माण गर्दै आएको छ। कम्पनीले चार सयभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell