PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


ट्रेलरमा 'यो पागल मन' र 'तिमी हुन्छौ जहाँ जहाँ'


पहिलोपोस्ट

 ट्रेलरमा 'यो पागल मन' र 'तिमी हुन्छौ जहाँ जहाँ'

काठमाडौं: दुई नेपाली फिल्मका ट्रेलर सार्वजनिक भएका छन्। निर्माण टिमले प्रचार सामाग्रीका रुपमा फिल्म 'यो पागल मन'  र 'तिमी हुन्छौ जहाँ जहाँ'का ट्रेलर सार्वजनिक गरेका हुन्।

'यो पागल मन' आगामी असार २९ गते प्रदर्शनमा आउनेछ। कल्याण अधिकारी निर्देशित फिल्ममा विनोद न्यौपाने, रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना,मनिष भण्डारी, बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय छ। लभ स्टोरीमा आधारित फिल्मलाई बिरेन्द्र कुमार यादव र कल्याणले निर्माण गरेको हो। फिल्ममा अर्जुन पोखरेलको संगीत, शम्भु सापकोटाको छायाँकन, अनिल गौतमको सम्पादन रहेकोछ। फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा संवाद  छ।  



त्यस्तै, अभिनेत्री मलिना जोशी र अभिनेता मनिष श्रेष्ठ अभिनित फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ' पनि लभ स्टोरीमा आधारित फिल्म हो। 
विकास बस्यालले फिल्मलाई निर्देशन गरेका हुन्। बि एण्ड बी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा निर्देशक बस्यालको कथा छ। असार ८ लाई  निर्माण टिमले फिल्म प्रदर्शन टार्गेट गरेको छ।


  



ट्रेलरमा 'यो पागल मन' र 'तिमी हुन्छौ जहाँ जहाँ' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट