PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


'तिम्रो मायामा' सार्वजनिक


पहिलोपोस्ट

'तिम्रो मायामा' सार्वजनिक

काठमाडौं: असोज १९ गते प्रदर्शन हुने फिल्म ड्रिम गर्लको गीतको भिडियो सार्वजनिक भएको छ। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको 'तिम्रो मायामा' बोलको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर रहेकोछ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा कलाकार आकाश श्रेष्ठ र आश्मा गिरी फिचर्ड छन्। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्म लभ स्टोरीमा आधारित छ।  

फिल्ममा आकाश र आश्मासँगै सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा,लक्ष्मी गिरी, लगायतको अभिनय छ। निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल फिल्मका निर्माता हुन्।  

फिल्ममा राहुल राई र रामेश्वर हुमागाइको छायाँकन छ।



 



'तिम्रो मायामा' सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट