PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

४९० रन : न्युजिल्यान्ड महिला टोलीले बनायो वन डे इन्टरनेसनलमा सबैभन्दा बढी रनको रेकर्ड


४९० रन : न्युजिल्यान्ड महिला टोलीले बनायो वन डे इन्टरनेसनलमा सबैभन्दा बढी रनको रेकर्ड

न्युजिल्यान्डको महिला टोली वन डे इन्टरनेसनल क्रिकेटमा सबैभन्दा बढी रन बनाउने रेकर्ड राखेको छ। 

डब्लिनमा भएको आयरल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा निर्धारित ५० ओभरमा ४९० रन बनाएको हो। यो अहिलेसम्मकै वन डे इन्टरनेसनलमा कुनै पनि टिमले बनाएको सबैभन्दा बढी रन हो। 

यसअघि सन् १९९७ मा न्युजिल्यान्डको महिला टोलीले नै पाकिस्तानविरुद्ध ४५५ रन बनाएर रेकर्ड राखेको थियो। 

पुरुषहरुतर्फको वन डे इन्टरनेसनलमा भने सबैभन्दा बढी रनको रेकर्ड इङल्यान्डको थियो। सन् २०१६ मा पाकिस्तानविरुद्ध इङल्यान्डले ४४४ रन बनाएको थियो। 

आज रेकर्ड राख्ने क्रममा न्युजिल्यान्डकी कप्तान एसडब्ल्यु बेट्सले १५१ रन र एमएल ग्रीनले १२१ रन बनाएका थिए। 

इनिङ्समा कूल सात वटा छक्का मात्रै प्रहार भएको भए पनि चौकाको संख्या  ६४ थियो। २२ वटा बल वाइड फ्याँकिएका थिए। 

न्युजिल्यान्डले १७२ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो भने दोस्रो विकेट २८८ रनमा र तेस्रो ३१७ तथा चौथो विकेट ४१४ रनमा गुमाएको थियो। 



४९० रन : न्युजिल्यान्ड महिला टोलीले बनायो वन डे इन्टरनेसनलमा सबैभन्दा बढी रनको रेकर्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट