PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


अर्जेन्टिनालाई अर्को झड्का, चोटका कारण मिडफिल्डर लान्जिनी विश्वकपबाट बाहिरिए


पहिलोपोस्ट

अर्जेन्टिनालाई अर्को झड्का, चोटका कारण मिडफिल्डर लान्जिनी विश्वकपबाट बाहिरिए

३२ वर्षपछि विश्वकप जित्ने लक्ष्य राखेको अर्जेन्टिनालाई रसियामा विश्वकप खेल्नुअघि अर्को झड्का लागेको छ।

यसअघि नै चोटका कारण नम्बर वान गोलकिपर सर्जियो रोमेरोलाई गुमाएको अर्जेन्टिनाले अर्का प्रतिभावान मिडफिल्डर मानुएल लान्जिनीलाई पनि गुमाउने भएको छ।

ट्रेनिङको क्रममा घुँडामा चोट लागेपछि लान्जिनीले रसिया विश्वकप गुमाउने भएका हुन्। उनले गत साता हाइटीविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए। तर अब रसिया जाने अर्जेन्टाइन टोलीमा उनी हुने छैनन्। २५ वर्षीय लान्जिनीले गत सिजन प्रिमियर लिग क्लब वेष्टहमबाट २७ खेल खेल्दै ५ गोल गरेका थिए।

जर्ज साम्पोलीको टोलीमा एभर बनेगा, लुकास बिग्लिया, एन्जल डि मारिया, गिओभानी डे सेल्सो, क्रिस्टियन पाभोन, म्याक्सिमिलियानो मेजा र एडुअर्डो साल्भियो अन्य मिल्फिल्डरको रुपमा छन्।

अर्जेन्टाइन फुटबल संघले लान्जिनीको स्थानमा अर्को खेलाडी विश्वकप खेल्ने टिममा राख्न बाँकी नै छ।

समूह डी मा रहेको अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमा जुन १६ मा डेब्युटान्ट आइसल्याण्डसँग खेल्नेछ।



अर्जेन्टिनालाई अर्को झड्का, चोटका कारण मिडफिल्डर लान्जिनी विश्वकपबाट बाहिरिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट