PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे अस्पतालको विज्ञप्ति - खबर सत्य हैन


डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे अस्पतालको विज्ञप्ति - खबर सत्य हैन

काठमाडौँ : डा. उपेन्द्र देवकोटाबारे सामाजिक सञ्जालहरुमा अप्रिय खबर भाइरल भएपछि उनी उपचाररत न्युरो अस्पताल र परिवारले विज्ञप्ति जारी गरी त्यस्तो खबर सत्य नभएको जनाएको छ। 

शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको अबर सामाजिक सञ्जालमा भाइरल भएको थियो। शनिबार बिहान अस्पताल र परिवारका तर्फबाट विज्ञप्ति जारी गरी त्यसको खण्डन गरिएको हो। 

अस्पतालले आफ्नो तर्फबाट जारी गरिने आधिकारिक सूचनाबाहेक अन्यमा विश्वास नगर्न पनि अनुरोध गरेको छ। अस्पतालका अनुसार डा. देवकोटाको अवस्था गम्भीर छ र सघन उपचार चलिरहेको छ। 



बेलायतमा पाँच महिना लामो उपचारपछि डाक्टर उपेन्द्र देवकोटा आफ्नै अस्पतालमा छन्। अस्पतालले उनको स्वास्थ्यस्थिति स्थिर रहेको बताए पनि उनी आफैले भने धेरै समय नबाच्ने कुरा सार्वजानिक गरिसकेका छन्।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि नेपाल ल्याइएको हो।

उनले आफुलाई 'वाइल डक्ट' (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजनिक गरे।

चिकित्सकहरुका अनुसार 'वाइल डक्ट' अर्थात् निको नहुने क्यान्सर हो।  यो क्यान्सर लागेपछि मानिसको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ। अर्थात १ प्रतिशत भन्दा कम।

सम्बन्धित समाचार
आफ्नै शरीरमा लागेको कस्तो क्यान्सर जुन चर्चित डाक्टर उपेन्द्र देवकोटाले पत्तै पाएनन्
 



डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे अस्पतालको विज्ञप्ति - खबर सत्य हैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट