PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


राजधानीमा एकाबिहानै दुई दुर्घटना : सात जना घाइते


राजधानीमा एकाबिहानै दुई दुर्घटना : सात जना घाइते

काठमाडौं : राजधानीमा शनिबार एकाबिहानै भएका दुई दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्। 

कलंकीबाट आएको मयुर यातायात र कलंकीतिर जाँदै गरेको मिनी ट्रक जुध्दा बसमा यात्रारत केही यात्रु घाइते भएका छन्। बालाजु चोक नजिकै भएको दुर्घटनामा ३ जना घाइते भएका हुन्।

कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। 

त्यसैगरी आज बिहान ६ बजे ललितपुरको एकान्तकुनामा एउटा बस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। 

कलंकी-भक्तपुर रुटमा चल्ने मध्य उपत्यका कम्पनीको बा ४ ख ४८ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घाइते भएका चार जना मध्ये तीन जनाको अल्का अस्पतालमा र एक जनाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। 

बस चालक सम्पर्कविहीन भएकोले खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ। 



राजधानीमा एकाबिहानै दुई दुर्घटना : सात जना घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट