PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

मण्डलामा नाटक 'झिमिक झिमिक झ्याप्प'


पहिलोपोस्ट /पहिलोपोस्ट

मण्डलामा नाटक 'झिमिक झिमिक झ्याप्प'

मण्डला थिएटरमा नयाँ नाटक 'झिमिक झिमिक झ्याप्प' मञ्चन हुँदैछ। थिएटर भिलेज र थेम्स ईन्टरनेशनल कलेजको संयुक्त प्रस्तुति रहने नाटक जेठ २९ गतेबाट शूरु हुन लागेको हो।  बेलायती नाटककार पिटर स्याफरको नाटक 'ब्ल्याक कमेडी'लाई नेपालीकरण गरिएको हो। थिएटर भिलेजमा आबद्द रहि नियमित अभिनय र निर्देशन गरिरहेका दिलिप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार तीनसम्म नियमित मञ्चन हुनेछ।

अाफ्नी प्रेमिकाको बाबू र एउटा धनाढ्य अार्ट कलेक्टरलाई इम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा समाग्री चोरेर ल्याउँछ। उसको घरमा एक्कासी बत्ती जान्छ।त्यसपछि नाटकमा जे जति रोमाञ्चक घटना घट्छन्,ती सबै अँध्यारोमै घट्छन् ।

आजको समाजमा आधुनिकताको खास्टो ओढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् र त्यसले गर्दा सम्बन्धहरु कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित छ। मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनितीको कस्तो भुमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढंगले प्रस्तुत गरेको छ।

आयुष्ना गिरी,एच के अधिकारी,प्रशंसा पौडेल,सन्देश ले मोटे शाक्य,अायुष्मान प्याकुरेल,प्रस्तुति भट्टराई,श्रवण कुमार राना र बिपिन रिमालको अभिनय रहेको यस नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी रहेका छन्। उमेश तामाङको प्रकाश रहेको यो नाटकलाई दिलिप रानाभाट र आलोक लम्सालले अँग्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन्।

 



मण्डलामा नाटक 'झिमिक झिमिक झ्याप्प' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट