PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

नरगिसको त्यो अडियो जसले सञ्जयदत्तलाई रुवायो, मनिषा कोइराला र रणवीर कपुर कस्ता लाग्लान् फिल्ममा?


पहिलोपोस्ट /पहिलोपोस्ट

नरगिसको त्यो अडियो जसले सञ्जयदत्तलाई रुवायो, मनिषा कोइराला र रणवीर कपुर कस्ता लाग्लान् फिल्ममा?
राजकुमार हिरानीको फिल्म सञ्जुको हालै सार्वजनिक पोस्टरमा नरगिस दत्तको अनुहारसँग निक्कै मेल खाएको छ मनिषा कोइरालाको मुहार। रणवीर कपुरले सञ्जयको भूमिकामा यस फिल्ममा देखिँदैछन् भने मनिषा सञ्जयको आमा नरगिस दत्तको भूमिकामा। धेरैलाई सञ्जय दत्त र उनकी आमा नरगिससँगको भावनात्मक जीवन यात्राको जानकारी छैन, जुन नगरिसको निधनसँगै टुटेको थियो।

फिल्म सञ्जुको ट्रेलरमा बलिउड हिरोको ड्रग्स देखि महिलासँगको सम्बन्धका विविध पाटाहरु देखाइएको छ। नरगिस दत्त क्यान्सरसँग जुध्दै अमेरिकामा उपचार गरिरहँदा सञ्जय जीवनको कालो क्षण अर्थात् ड्रगिस्टका रुपमा थिए। नरगिसले आफ्नो छोरा सञ्जयसँग विछोडिँदा अडियो टेप रेकर्ड गरेकी थिइन्। सञ्जयले त्यो अडियोसमेत सुन्ने अवसर पाएनन् जवसम्म नर्गिसको मृत्यु भएन।  जब उनले त्यो अडियो सुने उनी नरोई रहन सकेनन्। 
निर्देशक राजकुमार हिरानीले यसलाई फिल्ममा कसरी उतारेका छन् पक्कै पनि रिलिजपछि थाहा हुनेछ। सञ्जयका जीवनका धेरै पाटोहरु अझै सार्वजनिक भएको छैन। हिरानीको फिल्मले ती पाटाहरुलाई सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। 

फिल्ममा रणवीर, मनिषासँगै परेश रावल, विक्की कौशल, सनम कपुर र दिया मिर्जाको अभिनय हेर्न पाइनेछ। फिल्म जुन २९ मा रिलिज हुँदैछ।


नरगिसको त्यो अडियो जसले सञ्जयदत्तलाई रुवायो, मनिषा कोइराला र रणवीर कपुर कस्ता लाग्लान् फिल्ममा? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट