PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

नेविस‌ंघको मशाल जुलुशमा प्रहरीको कुटाईबाट पाँच घाइते


नेविस‌ंघको मशाल जुलुशमा प्रहरीको कुटाईबाट पाँच घाइते
फोटो : अनिल तिवारीको फेसबुकबाट

काठमाडौं: शनिबार साँझ नेपाल विद्यार्थी संघले मशाल जुलुश प्रदर्शन गर्नसाथ प्रहरीले भिड तितरवितर पारेको छ। साँझ बागबजार र जमललगायत क्षेत्रमा निकालिएको जुलुशमा व्यापक प्रहरी परिचालन गरिएको थियो।

जुलुशमा सहभागीलाई प्रहरीले लाठी प्रहार गरी तितरवितर पारिएको छ भने पाँच जना घाइते भएको नेविस‌ंघ केन्द्रीय सदस्य तेज बानियाँले जानकारी दिए। नेविस‌ंघ उपाध्यक्ष नवीन राई, दीपक भट्टराई र बाँनिया सामान्य घाइते छन् भने सञ्जीव ढकाल र टीका भट्टराई सख्त भएका छन्। दुबै जनालाई मोडल अस्पतालमा उपचारका लागि भर्ना गरिएको बानियाँले बताए।

 पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविस‌ंघले जुलुश प्रदर्शन गरेको जनाएको छ।



नेविस‌ंघको मशाल जुलुशमा प्रहरीको कुटाईबाट पाँच घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट