PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


विश्वकपमा नेपाल सहभागी हुन सांसदले दिए यस्तो सुझाव


विश्वकपमा नेपाल सहभागी हुन सांसदले दिए यस्तो सुझाव

काठमाडौँ : यसै साता रसियामा हुन लागेको विश्वकप फुटबल प्रतियोगितामा नेपाल सहभागी छैन। तर संसदमा एमालेका सांसद विरोध खतिवडाले एउटा यस्तो सुझाव दिए, जुन सुनेर सभामुख कृष्णबहादुर महरासमेत मुस्कुराए। 



मिस नेपाल शृङ्खला खतिवडाका पितासमेत रहेका सांसद विरोध खतिवडाले दिएको सुझाव यस्तो छ-
 

विश्वकप फुटबल आयोजना हुँदैछ भलै यसमा नेपाल सहभागी हुन पाएन। यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? नेपाल सरकारले के गर्दैछ? खेलकुद मन्त्रालयले के गर्दैछ? मैले एउटा सुझाव दिन चाहन्छु। हाम्रो यो संसद भवनमा पानीट्याङ्की छ माननीय सभामुखज्यु, फुटबल जस्तो गोलो माथि टक्क परेको चिटिक्क परेको- यसो हेर्दा ठ्याक्क वर्ल्डकप उठाएको जस्तो पनि छ। त्यसलाई फूटबलको आकार दिएर डिजिटलमार्फत् विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने अत्यन्त आकर्षक, सुहाउँदो र नेपालको सहभागिता पनि हुन्छ। 

 



विश्वकपमा नेपाल सहभागी हुन सांसदले दिए यस्तो सुझाव को लागी १ प्रतिक्रिया(हरु)

पोपीराज राई [ 2018-06-10 14:03:55 ]
Such creative and wider integration is very important, that needed @ present particularly country like Nepal. It is wiser to flow with time and situation accordingly. Well done.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट