PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

नेपाल प्रहरीमा एआइजीको संख्या घट्यो, एसएसपी, एसपी र डिएसपीको संख्या बढ्यो


नेपाल प्रहरीमा एआइजीको संख्या घट्यो, एसएसपी, एसपी र डिएसपीको संख्या बढ्यो

काठमाडौँ : देश संघीय संरचनामा गएपछि नेपाल प्रहरीको सङ्ख्या बढेर ७५ हजार ८ सयभन्दा बढी भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३१ सय प्रहरीको दरबन्दी थपे सगै प्रहरीको सङख्या ७५ हजार नाघेको हो। 

नेपाल प्रहरीको कूल संख्या यसअघि ७२ हजार ७ सय ३३ थियो। प्रहरीमा सबैभन्दा धेरै दरबन्दी प्रहरी जवानको थियो। ४२ हजार २ सय ८५ जना जवान थिए। 

आजको मन्त्रिपरिषद् बैठकले एक एसएसपी, १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरदेखि जवानसम्मको पद थप गरेको हो। 

थप भएको दरबन्दीसँगै अब नेपाल प्रहरीमा एक जना आइजी, ४ जना एआइजी (प्राविधिक सहित), ३४ जना डिआइजी, ७७ जना एसएसपी, १७१ एसपी, ४३० डिएसपी र १४ सय ४ जना डिएसपी हुनेछन्।

यस्तो थियो पहिलेको दरबन्दी संख्या



नेपाल प्रहरीमा एआइजीको संख्या घट्यो, एसएसपी, एसपी र डिएसपीको संख्या बढ्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट