PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'महँगीको गोली, किन हान्छौ ओली?' भन्दै सरकारविरुद्ध नेविसंघ सिट्ठी बजाउँदै उत्रियो सडकमा, हेर्नुस फोटोमा 

'महँगीको गोली, किन हान्छौ ओली?' भन्दै सरकारविरुद्ध नेविसंघ सिट्ठी बजाउँदै उत्रियो सडकमा, हेर्नुस फोटोमा 


काठमाडौं: नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आईतवार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ। 

नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न दवाव दिँदै आईतबार पनि काठमाडौंको प्रर्दशनीमार्गबाट रत्नपार्कस्थित शान्ति वाटिकासम्म सरकारविरुद्ध प्रर्दशन गरेको हो। 

प्रर्दशनका क्रममा उनीहरुले जनतालाई आहात तुल्याउने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए। सरकारले जनतालाई मूल्य वृद्धि गरेर आहात बनाउने काम गरेकाले त्यसको विरोधमा सडक संघर्षमा होमिनु परेको संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जानकारी दिए। उनले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्ध आन्दोलन जारी रहने चेनावनी पनि दिए।

 


ट्रेन्डिङ पोस्ट

Ncell