PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा नियुक्त



पहिलोपोस्ट

पूर्व राष्ट्रिय खेलाडी दिपेन्द्र धनगढी क्रिकेट एकेडेमीको प्रशिक्षकमा नियुक्त

काठमाडौं : धनगढी प्रिमियर लिग आयोजना गर्ने धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले दिपेन्द्र चौधरीलाई एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

ग्रासरुट लेभलको क्रिकेट विकासमा विशेष ध्यान पुर्‍याउँदै आएको डीसीएले एसीसीका लेभल थ्री प्रशिक्षक दीपेन्द्र चौधरीलाई डिसीएको प्रमुख प्रशिक्षका रुपमा धनगढी भित्र्याउन लागेको डीसीएका अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

९० जना खेलाडीले नियमित प्रशिक्षण लिइरहेका एकेडेमीमा २५ जनालाई पूर्ण छात्रर्वत्तिमा प्रशिक्षणको व्यवस्था मिलाएको छ। तीनै खेलाडीहको प्रतिभा तिखार्न एकेडेमीमा दीपेन्द्र चौधरीलाई १ वर्षका लागि प्रशिक्षकका रुपमा नियुक्त गरेको विज्ञप्तीमा उल्लेख गरेका छ।

नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने पुस्ताका खेलाडी रहेका चौधरीले सन् १९९८ मा राष्ट्रिय टिमका लागि डेब्यू गरेका थिए भन् २०११ मा अन्तिमपटक राष्ट्रिय टोलीबाट खेलेका थिए।

१३ वर्ष टप अर्डर ब्याट्सम्यानका रुपमा राष्ट्रिय टोलीमा बिताएपछि प्रशिक्षण थालेका उनले एसीसीबाट लेभल थ्री को प्रशिक्षण पनि लिएका छन्।

उनले २०१४ मा भएको एसियन गेम्समा दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षक भइ काम गरिसकेका छन् भने उनी नेपाल यू–१६ राष्ट्रिय टोलीका प्रशिक्षक समेत हुन्। नेपालले एसिसी ट्रफी खेल्दा र विश्वकप छनोटका क्रममा मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सहायकका रुपमा उनले भुमिका निर्वाह गरेका थिए।

उनले घरेलु फ्रेन्चाइज प्रतियोगिताहरुमा समेत विभिन्न टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।

उनले डीपीएलमा विराटनगर किंग्स तथा इपीएलमा चितवन टाइगर्सको प्रशिक्षकको भुमिका निर्वाह गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell