PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


राष्ट्रिय सभाका सदस्यको कार्यकाल असार ४ मा टुंगो लाग्दै, यस्तो छ प्रक्रिया


राष्ट्रिय सभाका सदस्यको कार्यकाल असार ४ मा टुंगो लाग्दै, यस्तो छ प्रक्रिया

काठमाडौं: राष्ट्रिय सभा सदस्यहरूको कार्यकालको टुँगो असार चार गते लाग्ने भएको छ। राष्ट्रिय सभाको नियमावली पारित भएसँगै संघीय संसद् सचिवालयले गोला प्रथाबाट सदस्यहरूको कार्यकाल टुँगो लगाउने तयारी गरेको छ।

संविधानको धारा ८६ को (३) बमोजिम सदस्यहरूको कार्याकालको टुँगो गोलाप्रथाद्वारा लगाइने व्यवस्था छ।

सोही बमोजिम राष्ट्रिय सभा नियमावलीमा गोला प्रथा विधिको बारेमा प्रस्ट पारिएको छ।

पहिलो पटकको लागि गोला प्रथाद्वारा उन्नाइस जना सदस्यको पदावधि दुई वर्ष, अर्को बीस जना सदस्यको चार वर्ष र बाँकी बीस जना सदस्यको छ वर्ष कायम हुने व्यस्था रहेको छ। 

गोला प्रथाका लागि प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूह, यी समूहमा समावेश भएकाबाहेक प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यको समूहमा फरक फरक गोला प्रथा हुनेछ।

यसैबीच सोमबार दुवै सदनको संयुक्त नियमावली सम्बन्धमा दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठक बस्दैछ।

यस्तो छ प्रक्रिया




 



राष्ट्रिय सभाका सदस्यको कार्यकाल असार ४ मा टुंगो लाग्दै, यस्तो छ प्रक्रिया को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट