PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


म जनयुद्धको नेतृत्व गरेर आएको मान्छे, अबको १० वर्षसम्म नयाँ आन्दोलन आवश्यक छैन : प्रचण्ड


म जनयुद्धको नेतृत्व गरेर आएको मान्छे, अबको १० वर्षसम्म नयाँ आन्दोलन आवश्यक छैन : प्रचण्ड

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १० वर्ष विकासका लागि जोडेर संघर्षलाई अगाडि बढाउन आग्रह गरेका छन्। 

रातोपाटी डटकमको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागि संकल्प’ विषय कार्यक्रममा उनले अबको १० वर्ष विकास र स्थिरताका लागि लगानी गर्नुपर्ने बताए। 

‘म आग्रह गर्न चाहन्छु बाहिर रहेका पार्टीहरुलाई पनि यो समय खेर नफाल्नुस,’ संसदीय राजनीति भन्दा बाहिर रहेका विप्लव तथा अन्य शक्ति प्रति लक्षित गर्दै उनले भने, ‘हामी राजनीतिक संघर्षको चरण पार गरेर यहाँ आएका छौँ। अबको १० वर्ष विकासका लागि १० वर्ष सुशासनका लागि १० वर्ष जनताको मुहारमा खुसी ल्याउनका लागि खर्च गरौँ। त्यति गर्दा पनि हामीले भने जस्तो भएन भने फेरी संगै राजनीतिक संघर्ष गरौँला।’ 

उनले अबको १० वर्ष समृद्धि र विकासका लागि संघर्ष गर्नुपर्ने बताए। ‘म त जनयुद्धको पनि नेतृत्व गरेर आएको मान्छे हुँ। अहिले देश नयाँ चरणमा प्रवेश  गरिसकेको छ।’ अब १० वर्षसम्म नयाँ आन्दोलन गर्न आवश्यक छैन।’ 

उनले नीजि क्षेत्रलाई अघि नबढाउने हो भने  कुनै पनि देशको विकास हुनै नसक्ने बताए। 

उनले आधुनिक प्रविधिसँगै सञ्चार क्षेत्रमा समेत विकृति भित्रिएको बताए। ‘मलाई केही पत्रकारहरुले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न पर्‍यो भन्नुभयो,’ उनले भने, ‘मैले नै कानुन बनाएर सञ्चार क्षेत्रलाई नियन्त्रण गर्नुपर्छ भने भने फेरि मलाई नै..., तर तपाईँहरु आफैँ कोड अफ कन्डक्ट बनाएर अगाडि बढ्नुस।’ 

हिजो बजेट बनाउँदा चुनाब हेरेकै हौँ, अहिले जनताको पक्ष हेर्‍यौँ। यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका सत्ताको नेतृत्व गरेको पार्टी ने क पाका अध्यक्षसमेत रहेका प्रचण्डले जनताको पक्षमा बजेट निर्माण गरिएको दाबी गरे। 
 
उनले यस पटकको बजेट एक गियरमा आएको भन्दै आगामी वर्ष गियर बढ्दै जाने र उडान भर्दै जाने दाबी गरे। बजेटका विषयमा रहेका असन्तुष्टिहरुलाई सम्बोधन गर्दै अगाडि बढ्न सकिने उनले बताए। 

‘कर लगायतका केही विषयमा असन्तुष्टिहरु रहेका छन्। यीनलाई पनि छलफल गरेर अगाडि बढ्न सकिन्छ,’ उनले भने।



म जनयुद्धको नेतृत्व गरेर आएको मान्छे, अबको १० वर्षसम्म नयाँ आन्दोलन आवश्यक छैन : प्रचण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट