PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

सामाजिक सञ्जालमा विरोधपछि बाबुरामले भने, 'हिन्दू धर्मको विरोध गरेको हैन'


सामाजिक सञ्जालमा विरोधपछि बाबुरामले भने, 'हिन्दू धर्मको विरोध गरेको हैन'

काठमाडौं : हिन्दु धर्म, संस्कृति र विकासलाई जोडेर अभिव्यक्ति दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सामाजिक सञ्जालमा विरोध भइरहेको छ। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिन्दु संस्कृति तथा परम्पराहरु विकासका लागि बाधक भएको अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिपछि सामाजिक सञ्जाल मार्फत नै राप्रपाका अध्यक्ष कमल थापालेसमेत उनको विरोध गरेका छन्। 

भट्टराईको भनाई आपत्तिजनक भएको भन्दै उनले ट्वीटरमा लेखेका छन्, ‘पूर्वप्रम बाबुराम भट्टराईको यो भनाई अत्यन्त आपत्तिजनक, अतिवादी र विभाजनकारी छ। विश्वका अधिकांश मुलुकहरुले आफ्नो धर्म, संस्कृति र मान्यताको संरक्षण र सम्बर्द्धन गरेर नै विकास र सम्वृद्धिको लक्ष्य हासिल गरेको सत्यलाई उहाँले कसरी बिर्सनु भयो।’ 
 



सामाजिक सञ्जालमा विकासको मूल बाधक भ्रष्टाचार तथा राजनीतिक नेतृत्व भएको भन्दै डा. भट्टराई माथि प्रश्न तेर्साइएको छ।
 
सामाजिक सञ्जालमा भइरहेको चर्को विरोधपछि डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नै आफ्नो बचाउ गरेका छन्। उनले गालिगलौज कायर र मूर्खको हतियार भएकोसमेत बताएका छन्।

‘विकास र समृद्धि बहुआयामिक अवधारणा भएकाले हामी किन पछि पर्यौं, अरू किन अघि भए भन्नेबारे तथ्यपूर्ण र तर्कसंगत बहस गरौँ; आवेग र क्षणिक तुष्टीकरण हैन,’ उनले अगाडि लेखेका छन्, ‘विवेक र दीर्घकालीन सामाजिक हितलाई केन्द्रमा राखौं! गालिगलौज कायररमूर्खको हतियार हो! साहसी र ज्ञानीले संयम, शिष्टता र तर्कको साहारा लिन्छ!’
  उनले आइतबार सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई ट्वीटरमा थप स्पष्ट पारेका छन्। 

उनले कुनै पनि धर्म त्यो देश र कालको दर्शनरजीवन पद्धति हुने भन्दै अगाडि लेख्छन्, ‘त्यो समयसंगै विकसित र परिमार्जित हुँदै जान्छ र जानुपर्छ! हिन्दू धर्मदर्शनमा पनि आफैले निर्धारण गरेको युग विभाजन अनुसार कलियुग वा वैष्ययुग वा समृद्धि युगमा इहलोक र परलोकको अवधारणा र वर्णाश्रम व्यवस्थामा सुधार गर्नुपर्छ भन्ने हो है!’ 
 

उनले आफ्नो अभिव्यक्ति हिन्दुधर्मको विरोध नभई सुधार समेत भएको बताएका छन्। 

‘परलोक अनुभव र अनुभूति गर्न सकिन्न; इहलोकमा नै सुख समृद्धि प्राप्त र भोग गर्नुपर्छ भन्ने चेत विना समाजमा उद्यमशीलता फस्टाउन्न’ उनले अगाडि लेखेका छन्, ‘त्यो विना छलाङमय विकास र समृद्धि हुन्न। त्यसैले कलियुगमा हिन्दू परम्परा भित्रकै चार्वाकीय भौतिकवाद ग्रहण गरौं भन्ने आग्रह हो। हिन्दूधर्मको समयानुकुल सुधार विरोध हैन!’
 

सम्बन्धित समाचार

विकासको बाधक हिन्दु परम्परा : बाबुराम भट्टराई



सामाजिक सञ्जालमा विरोधपछि बाबुरामले भने, 'हिन्दू धर्मको विरोध गरेको हैन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट