PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश


पहिलोपोस्ट /पहिलोपोस्ट

‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश

हेनरी फोर्डले १९१४ मा मोटरकार कारखाना स्थापना गरेका थिए। दोश्रो विश्वयुद्धताका भने त्यहि कारखानालाई बम उत्पादनको केन्द्र बनाए। यसपाला भने डालास सहरको त्यही स्थान नेपथ्यको पहिलो कन्सर्ट आयोजना थलो बन्नपुगेको छ। सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरि पुनःनिर्माण गरेपछि यो संभव भएको हो। यो त्यही थलो हो जहाँ नेपथ्य भन्दा पहिले पनि ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनली ले आफूलाई प्रस्तुत गरिसकेका थिए।

२५०० भन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट यस वर्ष नेपथ्यको अमेरिका यात्राकै पहिलो शो थियो। कन्सर्ट दुई घण्टा लामो चल्यो।

नेपथ्यले ‘कुरुप अनुहार हो’, ‘शिरफूल शिरैमा’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊनजस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’, ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीत प्रस्तुत गरे।

कार्यक्रममा नेपथ्यका गायक अमृत गुरुङले भने,‘यस हलमा कुनै समय बनेका बमहरु मानवताविरुद्ध विध्वंशका माध्यम बनेका थिए होलान्,’ उनले भने, ‘संसारभरका सबै बम कारखानाहरु पनि यसैगरि गीत प्रस्तुत गर्ने थलोका रुपमा विकास हुनुका साथै प्रेम र संगीतले युद्ध र हिंसालाई सँधै सँधैका लागि जितोस् भन्ने कामना गर्दछु।’

डालासमा सफल प्रस्तुतीसँगै ब्याण्ड अब पुर्व किनारमा रहेको अमेरिकी सहर बोस्टनतर्फ लाग्ने भएको छ। त्यस सहरस्थित ‘रोयल बोस्टन हल’ मा जुन २४ तारिखका दिन नेपथ्यले आफूलाई प्रस्तुत गर्नेछ।



‘बम फ्याक्ट्री’ बाट शान्ति र एकताको सन्देश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट