PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


सुन तस्करी प्रकरण : आरके ज्वेलर्समा प्रहरीको छापा


सुन तस्करी प्रकरण : आरके ज्वेलर्समा प्रहरीको छापा

काठमाडौँ : सुन तस्करी प्रकरणमा अभियुक्त रहेका राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सको दरबारमार्ग र न्युरोडस्थित सुन पसलमा प्रहरीले आज छापा मारेको छ। 

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीको निर्देशनमा सोमबार दिउँसो प्रहरीले छापा मारेको हो। 

समितिका सदस्य ग्राहक बनेर पसलमा पुगेका थिए।

शाक्य सुन प्रकरण र सनम शाक्य हत्यासम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
 
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।
 
छापा मार्ने क्रममा ३० लाख रुपैयाँ नगद, २ किलो चाँदी र १० तोला सुन बरामद भएको थियो। 

अग्रवालको कोठाबाट केही थान चेकबुक, सुनको कारोवार भएका रसिद र तीन थान सुन बोक्ने ज्याकेट समेत बरामद गरेको थियो।

अग्रवाल फरार सूचीमा छन्। उनी भारतमा लुकेर वसेको प्रहरी स्रोतले जनाएको छ।
 



सुन तस्करी प्रकरण : आरके ज्वेलर्समा प्रहरीको छापा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट