PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

न्याय, निष्पक्षता र पारदर्शिता बिना पार्टीभित्र एकता हुन सक्दैन : पौडेल


न्याय, निष्पक्षता र पारदर्शिता बिना पार्टीभित्र एकता हुन सक्दैन : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र मेल हुनका लागि तीन मुख्य विषय औंल्याएका छन्। आज नेविसंघ काठमाडौंले बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा तीन कुरा नभइ एकता हुन नसक्ने बताए।

आफूलाई बनावटी एकता मन नपर्ने उल्लेख गर्दै उनले भने, 'महामन्त्री लगायतले पार्टी एकताको कुरा गर्नुभयो। यसको लागि मजबुद आधार चाहिन्छ। पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता चाहिन्छ। यी तीन कुरा विना पार्टी एकता हुन सक्दैन। बनावटी एकता मलाई मनपर्दैन।'

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले नेतृत्वले कुरा नबुझ्ने भन्दै व्यङ्ग्य गरे।

'अस्ति राष्ट्रपतिकहाँ भेट हुदाँ सभापतिले के भन्नुभयो भने 'ए मलाई नक्कली सुन भनेको तिमीले।' भन्न खोजेको कुरा नबुझ्दा यस्तो समस्य हुन्छ,' पौडेलले भने। नेतृत्वले कुरा नबुझेसम्म मेलमा फाटो आइरहने पौडेलको तर्क थियो।

उनले कांग्रेसलाई पुरानो ठाउँमा लानुभन्दा पनि नयाँ ठाउँमा लानुपर्ने उल्लेख गर्दै यसका लागि संगठन बलियो बनाउनुपर्ने उनको सुझाव रहेको छ।

लोकतन्त्रलाई संकटबाट जोगाउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने भन्दै देउवाले सबै कांग्रेसलाई समान दृष्टिले हेर्नुपर्ने बताए। 

कांग्रेस संसदमा आफ्नो कमजोर प्रदर्शन गरेको उल्लेख गरेको उनले कांग्रेसभित्रको कमजोरी सुधार्नुपर्ने बताए। 



न्याय, निष्पक्षता र पारदर्शिता बिना पार्टीभित्र एकता हुन सक्दैन : पौडेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट