PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खुमादेवी पाण्डेको 'अनेक घुम्ती' बजारमा



पहिलोपोस्ट

खुमादेवी पाण्डेको 'अनेक घुम्ती' बजारमा

काठमाडौं: बीबीसी साझा सवालमा कविता वाचनमार्फत आफ्नो परिचय दिने आमाको कविता संग्रह सार्वजनिक भएको छ। धादिङकी खुमादेवी पाण्डेले 'अनेक घुम्ती' नामक पुस्तक बजारमा ल्याएकी हुन्।

मौखिक रुपमा वाचन गरिएका कविताहरुलाई रेकर्ड गरेर उतारिएको हो। स्थापित अफसेट प्रेसले प्रकाशनमा ल्याएको कृतिमा उनले ८ वटा खण्डहरुमा कविता विभाजन गराएकी छिन्। समग्रमा ४१ वटा कविता छन्।

समावेश कविताहरु बारे डाक्टर नवराज लम्सालले लेखेका छन्,'यस संग्रले समग्र धादिङ र राष्ट्रिय धारामा उल्लेख्य योगदान दिने छ भन्ने विश्वास छ।'

संग्रहको मूल्य १५० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell