PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

गुणस्तरीय काम नगरे मेरै घरबेटीलाई कारबाही गर्नुस् : प्रचण्ड


गुणस्तरीय काम नगरे मेरै घरबेटीलाई कारबाही गर्नुस् : प्रचण्ड
काठमाडौँ : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भइरहेको गुनासो आइरहेको छ। अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कार्वाही हुने स्पष्ट पारे।

मंगलबार चितवनस्थित भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले ठेकेदारमाथि कार्वाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको दावी समेत गरे।

नेमकिपाका सांसद प्रेम सुवालले संसदमा समेत यो विषय उठाएका थिए। 

अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको पनि स्पष्ट पारे। उनले राष्ट्रिय जनता पार्टी, नेपाललाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको पनि बताए।

अध्यक्ष दाहालले आवश्यक परेकाले संघीय संसद अन्तरगतको दुवै सदनको नियमावली पारित गर्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग पनि सहमति गर्नुपरेको स्पष्ट पारे।


गुणस्तरीय काम नगरे मेरै घरबेटीलाई कारबाही गर्नुस् : प्रचण्ड को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट