PahiloPost

Oct 24, 2018 | ७ कात्तिक २०७५


युद्ध जसले पनि लड्न सक्छ, शान्ति साहसीले मात्र ल्याउँछ : ऐतिहासिक सम्झौतापछि ट्रम्प


पहिलोपोस्ट

युद्ध जसले पनि लड्न सक्छ, शान्ति साहसीले मात्र ल्याउँछ : ऐतिहासिक सम्झौतापछि ट्रम्प
एएफपी/रासस

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश र जनताका लागि एउटा महत्वपूर्ण कदम चालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ऐतिहासिक शिखर सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको वार्ताबाट परिवर्तन सम्भव रहेको कुरा पुष्टि गरेको बताएका हुन्। 

यस्तै ट्रम्पले किमलार्इ उपयुक्त समयमा वासिङ्गटन भ्रमणको निम्तो दिने समेत बताएका छन्। पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफू पनि प्योङयाङ जानसक्ने बताए। 

यस्तै अमेरिका र उत्तर कोरियाबीच अब नयाँ इतिहास र सम्बन्धको विकास हुने ट्रम्पको भनाइ थियो।
 
उत्तर कोरियाका किमले पूर्ण निशस्त्रीकरणका लागि प्रतिवद्ध रहेको समेत जानकारी ट्रम्पले दिए। किमले मिसाइल इन्जिन टेस्टिङ साइट बन्द गरेको जानकारी गराएको बताए। 

छिटो भन्दा छिटो पूर्ण निशस्त्रीकरणका माध्यमबाट कोरियन प्रायद्वीपमा शान्ति स्थापना हुनेमा ट्रम्पले विश्वास जनाए।
  
‘हिजोका झगडाहरुबाट भविष्यमा युद्ध हुन नहुने’ भन्दै ट्रम्पले युद्ध जसले पनि सुरु गर्न सक्ने तर एक साहसी व्यक्तिले मात्र शान्ति ल्याउन सक्ने बताए। '२६' (३४) वर्षको उमेरमा किमले देखाएको साहसको प्रशंसा गर्दै भने, 'किम एक प्रतिभाशाली साहसी व्यक्ति हुन्।'

ट्रम्पले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने र कोरियाली जनता एकतावद्ध भइ परिवारहरुको पुर्नमिलनबाट शान्तिको ज्योति फैलिने विश्वास प्रकट गरे। 

धेरैले यो वार्ता हुन सक्दैन भनेर बताएको तर आजको वार्ताले त्यस्ता कुराहरुलार्इ झुटो पुष्टि गरेको बताउँदै ट्रम्पले विश्वकै लागि आजको दिन एक महत्वपूर्ण क्षण भएको बताए। उनले सबैलार्इ बधाइ दिए। 

यो वार्ता सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सि जिङ् पिङ्ले देखाएको नेतृत्वको ट्रम्पले खुलेर प्रशंसा  गरे। त्यस्तै उनले सिंगापुरले दिएको अतिथ्यताका लागि सबैलार्इ धन्यवाद दिए।  

दक्षिण कोरिया र जापानले उत्तर कोरियालार्इ उपयुक्त सहयोग गर्ने अपेक्षा गरेको बताए। कोरिया फर्केपछि किमले धेरैलार्इ खुसी बनाउने बताए।


 



युद्ध जसले पनि लड्न सक्छ, शान्ति साहसीले मात्र ल्याउँछ : ऐतिहासिक सम्झौतापछि ट्रम्प को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट