PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै



नरहरि पौड्याल

चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै
प्रतीकात्मक फोटो

पोखरा: पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्।

मकवानपुर स्थाई घर भई हाल पोखरा रामवजार कालिका मार्ग बस्ने वर्ष ४० का रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन्।

बुधवार बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापन घलेको घाँटी काटेर हत्या गरेपछि श्रीमति सुमित्रा ठकुरी र आफ्नो पनि घाँटी रेटेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। 

गर्भवती अवस्थामा रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेशन गरेर मृत वच्चा निकालिएको प्रहरीले जनाएको छ। उनको घाँटीको अघिल्लो भागमा काटिएको छ। गम्भीर अवस्थामा रहेका घलेको पनि मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनाको प्रहरीले अनुसन्धान गरिहेको र घटनामा वबहिरी व्यक्तिको संलग्नता नभएको बताए। श्रीमान रामजी घले नै घटनाका मुख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको रानाको भनाई छ। 

‘सुमित्राले मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ। सबैभन्दा ठूलो प्रमाण त्यही हो,’एसपी रानाले भने, ‘घरपरिवारमा वुझ्दा पनि वाहिर शंका गरेको छैन। सुमित्रा अहिले वेहोस छन्।, उनी होसमा आएपछि सवै कुरा खुल्छ’उनले भने। घटनाको अनुसन्धान भईरहेको र केही दिनमै यथार्थ विवरण आउने रानाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell