PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


माओवादी नेता कार्यकर्तामाथिको ९ हजार मुद्दा कुनै बेला क्रियाशिल हुनसक्छ : देव गुरुङ


माओवादी नेता कार्यकर्तामाथिको ९ हजार मुद्दा कुनै बेला क्रियाशिल हुनसक्छ : देव गुरुङ

काठमाडौं: तत्कालीन नेकपा (माओवादी)का ९ हजार नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा कुनै पनि बेला सक्रिय हुन सक्नेप्रति नेकपाका नेता देव गुरुङले सचेत गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा नेता गुरुङले शान्ति प्रक्रियाभन्दा अगाडिका करिब ८ सय मुद्दा अदालतमा र १२ सय मुद्दा प्रशासनमा दर्ता रहेको जानकारी दिदै यी मुद्दाहरु कुनै बेला सक्रिय हुन सक्ने बताए।

शान्ति प्रक्रिया पुरा गर्न तर्फ संसदको ध्यान आकर्षण गराउँदै नेता गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्र बढाउन आग्रह गरे। आयोगले अहिलेसम्म यो मुद्दाहरुमाथि काम गर्न नसकेको उनले बताए।

विनियोजित विधेयक अन्तरगत कानुन मन्त्रालयको शीर्षकमा बोल्दै गुरुङले शान्ति मन्त्रालयको अवशेष कानुन मन्त्रालयमा रहेको र त्यसले पनि काम गर्न नसकेको बताएका थिए।

उनले शान्ति प्रक्रिया पुरा नभए अवस्था नाजुक हुन सक्ने संकेत गर्दै सत्यनिरुपन मेलमिलाप आयोगलाई सफल बनाउन आग्रह गरे।

उनले कानुन मन्त्रालयले मौलिक हक अन्तरगतको कानुन संशोधन र निर्माण प्रक्रियामा ढिलाइ गरेकोप्रति चिन्तासमेत व्यक्त गरे।



माओवादी नेता कार्यकर्तामाथिको ९ हजार मुद्दा कुनै बेला क्रियाशिल हुनसक्छ : देव गुरुङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट