PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चार मन्त्री लिएर असार ५ गते चीन उड्दै प्रधानमन्त्री



चार मन्त्री लिएर असार ५ गते चीन उड्दै प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते उत्तरी छिमेकी चीनको ६ दिने राजकीय भ्रमणमा जाने भएका छन्। 

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै भ्रमण दलमा उच्च सरकारी अधिकारी नीजि क्षेत्रका प्रतिनिधिहरु समेत सहभागि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
मन्त्रालयले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो। 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपति सी जिङपिङ, प्रधानमन्त्री ली खछ्याङसहितका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र विद्वत समूहको फोरममा समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा केही महत्त्वपूर्ण सम्झौता हुने छन्। यद्यपी सम्झौताका बारेमा मन्त्रालयले जानकारी गराएको छैन्। 
प्रधानमन्त्री ओली तिब्बतको राजधानी ल्हासा समेत जाने कार्यक्रम रहेको छ। त्यहाँ प्रान्तीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ। 

चिनियाँ प्रधानमन्त्री लिको निमन्त्रणमा चीनको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीको दोस्रो पटक प्रधानमन्त्री भएसँगै हुन लागेको दोस्रो विदेश भ्रमण हो। 
यस अघि प्रधानमन्त्री ओली दक्षिणी छिमेकी चीनको भ्रमण गरिसकेका छन्। प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell