PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नक्कली नोट प्रकरण : निर्माता वाग्ले पूर्पक्षको लागि थुनामा



सविन ढकाल

नक्कली नोट प्रकरण : निर्माता वाग्ले पूर्पक्षको लागि थुनामा

काठमाडौं: फिल्म निर्माता माधव वाग्ले जिल्ला अदालत काठमाडौंमा ‘नक्कली नोटको कारोबार गरेको’ विषयलाई लिएर पूर्पक्षको लागि थुनामा पठाएको छ। वाग्लेसहित महेन्द्र बोगटी र सुधिर घिसिङलाई थुनामा राख्न निर्देशन दिएको हो।

तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेसहितविरुद्ध नक्कली नोटको कारोबारमा खोटा चलनमा मुद्दा दर्ता भएको हो।

जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।

निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो। नेपाल राष्ट्र बैंकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।

६ जना मध्येकै एक २४ वर्षीय महेन्द्र बोगटीले काठमाडौँ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा बिल तिर्दा दिएको नक्कली नोटले नै बाँकीको पहिचान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell