PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


प्लेयर्स टु वाच : रसियाका स्ट्राइकर फेडोर स्मोलोभ र साउदी अरेबियाका डिफेन्डर ओसामा हावासावी


प्लेयर्स टु वाच : रसियाका स्ट्राइकर फेडोर स्मोलोभ र साउदी अरेबियाका डिफेन्डर ओसामा हावासावी

विश्वकपको उद्घाटन म्याचमा आज आयोजक राष्ट्र रसियासित एसियाली देश साउदी अरेबिया भिड्दैछ। समूह एमा रहेका यी दुई टिमका लागि आजको खेल महत्त्वपूर्ण छ। 

सन् १९९४ को विश्वकपको एउटा खेलमा बेल्जियमलाई हराउनबाहेक अहिलेसम्म साउदी टिमले एउटा पनि जित निकाल्न सकेको छैन। आयोजक देशमा पाहुना टोलीले पहिलो खेल खेलिरहँदा उसका लागि डिफेन्डर ओसामा हावासावी हावी हुने देखिन्छ।

साउदी अरेबियाको अहिलेको टिमसित विश्वकपको अनुभव पटक्कै छैन। यस्तोमा ओसामाको १३५ औँ अन्तर्राष्ट्रिय खेलको अनुभव पक्कै काम लाग्नेछ।  

अल हिलालबाट व्यवसायिक खेल खेल्ने यी ३४ वर्षका डिफेन्डर आजको खेलमा हेर्न लायक हुनेछन्। 

स्ट्राइकर फेडोर स्मोलोभ

यता आयोजक देश रसियाको मुख्य समस्या स्कोरिङ हो। यो वर्षका चार वटा फ्रेन्डलीहरुमा उसले जम्मा दुई गोल गरेको छ। महत्त्वपूर्ण प्रतियोगिताका पछिल्ला ६ म्याचमा रसियाले एउटा बाहेक अर्को गोल गर्न सकेको छैन। 

क्रास्नोडारबाट व्यवसायिक खेल खेल्ने स्मोलोभ रसियाको यही समस्याका उद्दारकका रुपमा देखा पर्छन् कि पर्दैनन् आजको खेलले पनि देखाउनेछ। २८ वर्षका यी स्ट्राइकले पछिल्ला तीन सिजनमा ५२ गोल गरेका छन्। प्रिमियर लिगले समेत उनको खेलमा रुचि देखाएको छ। आजको खेलमा रसियाका तर्फबाट हेर्न लायक खेलाडी यी पनि हुनेछन्। 
 



प्लेयर्स टु वाच : रसियाका स्ट्राइकर फेडोर स्मोलोभ र साउदी अरेबियाका डिफेन्डर ओसामा हावासावी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट