PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

चिडियाखानामा रहेको भाले भारतलाई फर्काउने मन्त्रिपरिषद्को निर्णय


चिडियाखानामा रहेको भाले भारतलाई फर्काउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : ललितपुरको जावलाखेलमा रहेको चिडियाखानामा रहेको एउटा भाले भारतलाई दिने निर्णय बिहीबार राति बसेको मन्त्रिपरिषद्को बैठकले गरेको छ। 

'सदर चिडियाखाना जावालखेलमा रहेको एउटा भाले,' सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने, 'जो साइटिस सन्धि अन्तर्गत भारतको रहेछ, त्यो भारत सरकारलाई फर्काउने निर्णय भएको छ।'

खतरामा परेका वन्यजन्तु तथा वनस्पतीको अन्तर्राष्ट्रिय सन्धि साइटिस सन् १९७५ जुलाई १ देखि लागू भएको हो। सन्धिमा नेपाल र भारत दुवैको हस्ताक्षर छ। सन्धि बमोजिम जुन देशको वन्यजन्तु हो त्यही देशमा फर्काउनु पर्ने प्रावधान छ। 



चिडियाखानामा रहेको भाले भारतलाई फर्काउने मन्त्रिपरिषद्को निर्णय को लागी ५ प्रतिक्रिया(हरु)

खेमराज [ 2018-06-17 10:10:59 ]
— १ पटक सम्पादित
यस्तै समाचार छाप्ने पनि पत्रकार हुन्छ्न्। के को भाले हो मान्छे को होकि छेपाराको हो स्पस्ट लेख्नु पर्यो नि पत्रकार ज्यू।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dr. Vijay Poudel [ 2018-06-15 06:48:05 ]
पत्रकारज्यू, के काे भाले हाे ? कुखुराकाे, या हाँसकाे या अरु कुनै पंछिकाे ? समाचार त प्रष्ट लेख्नुस् ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dil Kumar Sharma [ 2018-06-14 22:37:47 ]
Gokul Baskota Ji lai ke ko bhale pathaune bhanera sodhda karbahima parine daar le kasiale pani sodnena chhan.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Triok [ 2018-06-14 22:29:48 ]
भालेचै के को हो अलि स्पष्ट पारीदिनु हुन्थियो की पत्रकार महोदय!!!!

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


bimal [ 2018-06-14 22:09:49 ]
के को भाले हो र ? समाचार सम्पादन भएन जस्तो छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट